मधेशका मुख्यमन्त्री र मन्त्रीहरु धर्नामा, प्रहरी समायोजनको माग

जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेशका मुख्यमन्त्रीको नेतृत्वमा र मन्त्रीहरुले धर्ना दिन शुरु गरेका छन् ।
उनीहरुले मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङणभित्र पाल टाँगेर धर्ना दिएका छन् ।
मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, गृह तथा संचार मन्त्री भरत साह, राज्य मन्त्री रुबी कर्ण, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मासहितकाले धर्ना दिइरहेका छन् ।
यो आन्दोलन अन्तर्गत आईतबारदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम उनीहरुले तय गरेका छन् ।
प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरी आग्रह गरेको, आन्दोलनकै अल्टिमेटम दिदैं ज्ञापन पठाउँदा समेत ध्यान नदिएपछि प्रदेश सरकारले पहिलो चरणको आन्दोलन घोषणा गरेको छ ।