
जनकपुरधाम । स्थानिय तहमा कार्यरत ईन्जिनियरहरुलाई ज्येष्ठताको आधारमा पालिकाको प्रमुख प्रशासकिय अधिकृत हुन पाउने ऐन ल्याउन माग गरिएको छ ।
नेपाल ईन्जिनियर्स एशोसिएसन मधेश प्रदेशले मधेश सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवलाई ज्ञापन पत्रको बोद्यार्थ बुझाउँदै उक्त माग गरेको छ ।
मधेश सरकारलाई सेवाकालिन तालिम दिन सहितका विभिन्न १० सुत्रिय मांगहरु सहित टोलीले कानुन मन्त्री यादव लाई ज्ञापन पत्र बुझाएको हो । प्रदेश लोकसेवा आयोगद्वारा गरिएको विज्ञापनको परिक्षा यथासिघ्र गराउन सहितको मांग उनीहरुको छ ।
आइतवार दिउसो एशोसिएसनका केन्द्रीय कार्यकारिणी सदस्य ई.संजय यादव र मधेश प्रदेश सभापती ई.गौरी पण्डितको नेतृत्वमा उपसभापति कार्तिकेश झा, समाजवादी इन्जिनियरिङ्ग एसोसिएसन नेपाल मधेश प्रदेश संयोजक ई.रोशन यादव लगायत कानुन मन्त्रालय पुगेका एशोसिएसन सहितको टोलीले देश निर्माणमा सक्रिय ईन्जिनियरहरुको मांगमा संवेदनशिल हुन आग्रह समेत गरेको छ ।
ज्ञापन पत्र बुझदै कानुन मन्त्री प्रमोद यादव ले यस सम्बन्धमा आवश्यक कानुन निर्माणको प्रक्रिया अगाडि बढाउने तथा मन्त्रीपरिषदमा समेत यो विषय प्रवेश गराउने प्रतिवद्धता व्यक्त गरे ।