
जनकपुरधाम । एक सातासम्म धर्ना बस्ने जनाएको मधेश सरकार ३ दिनमै आफ्नो धर्नालाई स्थगित गरेका छन् । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले शुरु गरेको आन्दोलन तीन दिनमै स्थगित गरिएको छ ।
आइतबार र सोमबार धर्ना बसेपछि मंगलबारदेखि आन्दोलन स्थगित गरिएको छ ।
धर्नास्थलमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले गठबन्धनका नेतासहित प्रधानमन्त्री समेतले प्रहरी समायोजन प्रार्थमिकतामा राखेर चाँडोभन्दा चाँडो गर्ने आश्वासन दिएकाले धर्ना स्थगित गरिएको बताए ।
धर्नास्थलमा उपस्थित प्रदेश प्रमुख हरिशंकर मिश्रले केन्द्रिय सरकार प्रहरी समायोजनमा गम्भीर र सकारात्मक रहेको र निर्वाचन लगतै गर्ने आश्वासन दिएको जानकारी गराए ।
प्रहरी समायोजन गरी प्रदेश सरकार लाई हस्तान्तरण गर्न पटक–पटक संघीय सरकारलाई दवाव दिएपनि चासो नलिएको भन्दै आइतबारदेखि प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा मुख्यमन्त्री र मन्त्रीले धर्ना दिन शुरु गरेको थियो ।