![](https://rajdhanijanakpur.com/wp-content/uploads/2022/08/IMG-20220821-WA0003.jpg)
राजविराज, ०५ भदौ । सशस्त्र प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ कोशी ब्यारेजबाट २४० केजी लागूऔषक गाँजा बरामद गरेको हो ।
नेपालबाट अवैध रुपमा लुकाई भारत तर्फ तस्करी गरि लैजाने क्रममा सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प भारदहले जनाएको छ ।
सशस्त्र प्रहरीको मोबाइल गस्ती टोलीले चेकजाँच गर्ने क्रममा विशेष सूचनाको आधारमा लागूऔषध गाँजा बरामद भएको सशस्त्र प्रहरीले जानकारी दिए ।