निबर्तमान गाउँपालिका अध्यक्षसहित बिभिन्न पार्टीका कार्यकर्ता जनमतमा प्रवेश

 

चन्दन रजक राजविराज । सप्तरीको तिलाठी कोइलाडी गापाका निबर्तमान अध्यक्ष सतिश सिंहसहित बिभिन्न पार्टीका नेता, कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

बिहीबार तिलाठी कोइलाडी गाउँपालिकामा आयोजित आमा सभा कार्यक्रममा लोसपा माओवादी केन्द्रसहितका पार्टी परित्याग गरि सयौं नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन ।

सिंहसँगै माओवादी केन्द्रका नेता मनोज यादव, सपाका नेता तेजनारयन यादव र उमेश रायसहितका व्यक्ति जनमतमा प्रवेश गरे ।

उनीहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सि.के राउत र पार्टीको केन्द्रिय कोषाध्यक्ष सुर्य नारायान यादवले संयुक्त रुपमा फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।