
जनकपुरधाम । नागरिकता विधेयक पास नभए एमालेका नेता कार्यकर्ता लखेट्ने अभियान सुरु गर्ने नेपाली काँग्रेसका सह-महामन्त्री महेन्द्र यादवले उद्घोष गरेका छन् । सह-महामन्त्री यादवले जनकपुरको पिडारी चोकमा आयोजित पार्टीको विरोध सभामा यस्तो उद्घोष गरेको हो । हजारौं नेपाली जनता नागरिकता नपाएर आफ्नै देशमा अनागरिक सरह बस्नुपरेको बताउँदै दुबै सदनबाट पारित भएको नागरिकता विधेयक एमालेको प्रभावमा परी रास्ट्रपति बिध्या देवी भण्डारीले प्रमाणिकरण नगरिदिदा नागरिकता विधेयक ओझलमा परेको बताए । पुनः दोश्रो पटक पनि संघीय संसदबाट पास भईसकेको नागरिकता विधेयक रास्ट्रपति भण्डारीले प्रमाणिकरण नगरे एमालेका नेता कार्यकर्तालाई लखेट्ने बताए ।
सह-महामन्त्री यादवले नागरिकता विधेयक रास्ट्रपतिबाट प्रमाणिकरण नहुनुमा नेकपा एमाले दोषी रहेको बताए । उनले उमेर पुगेपछि नागरिकता माग्नु अपराध हो र ? भनेर प्रश्न गर्दै नागरिकताको समस्या समाधान गर्नु सबै दल एकमत हुनुपर्नेमा जोड दिए । नागरिकता नपाएर हजारौं युवाको भविष्य अन्यौलमा परेको छ यो समस्या समाधान समयमै हुनुपर्ने नेता यादवले बताए ।