एमाले नागरिकता विधेयक पास नहोस भन्ने चाहान्छ: उपेन्द्र यादव

राजविराज, ११ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेका करण नागरिकता विधयक पास हुन ढिलाई भएको बताएका छ्न । जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा शनिबार आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले सदियौ देखीको उत्पीडित जातिसमुदायले सम्मान अधिकार प्राप्त नगरेसम्म देशमा समृद्धि आउन नसक्ने दावी गरे । देशमा जाति, लिङ्ग, रङ्गको आधारमा चरम भेदभाव कायम रहेको चर्चा गर्दै अध्यक्ष यादवले सम्पुर्ण विभेदको अन्त्य र सबै नेपालीले समान रुपले गाँसबास र कपासको प्रबन्ध नभसम्म संघर्ष जारी रहने बताए । अध्यक्ष यादवले नेपाली नागरिकलाई नागरिकताबाट बन्चित गर्न एमाले लागि परेर नेपाली जनतामाथि ठूलो अन्याय गरेको टिप्पणी गरे । एमाले नेतृत्वको सरकारले ल्याएको नागरिककता विधेयकलाई नै संसदबाट प्रक्रियागत पास गरि राष्ट्रपति कार्यालय जस्ताको त्यस्तै पठायौं अध्यक्ष यादवले भने,ओलि नेतृत्वको सरकारले पेश परेको सोही विधेयकलाई तुरुन्तै राष्ट्रपतिले प्रमाणीकरण गरिन, एउटा कमा र पुर्णविराम समेत नहटाई कानुन संवत् पठाएको नागरकिता विधेयक अध्यान गर्न मात्र राष्ट्रपति विध्यादेवी भण्डारीलाई १५ दिन लाग्यो, उनले एमाले नागरिकता बाट बन्चित नेपालीलाई नागरिकता दिने मनसाय नहुदा पार्टीको निर्देशनमा रास्ट्रपतिले नागररिकता विधेयक प्रमाणीकरण गर्न आलटाल गरेको आरोप लगाए । यादवले नागरिकता विधेयक पास गरेरै छाड्ने ठोकुवा गरे । नेपाली नागरिकलाई नागरिकता पाउनुपर्छ भनेर हाम्रो पार्टी अझैपनी संघर्षमा नै छ, अध्यक्ष यादवले भने, उत्पीडित जातिसमुदायको अधिकार सुनिश्चितताका लागि सरकार, सदन र सडकमा संघर्ष निरन्तर जारी नै छ । पार्टीका केन्द्रिय कार्यकारिणी समिति सदस्य एवम कृषि तथा पशुपंक्षि विकास मन्त्री मृगेन्द्र सिंह यादवले देशमा छिटै मलखादको समस्या समाधान हुने दावी गरे । यादवले पहिचान ,प्रतिनिधित्व, सामाबेशिता र अधिकारका लागि उत्पीडित समुदायहरु एकताबद्ध हुनुपर्नेमा जोड दिए । पार्टीका राजनीति समिति सदस्य एवम मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले पार्टीका अध्यक्ष उपेन्द्र यादवको दुरदर्शिताले जसपा सरकारको नेतृत्वमा सप्तरीमा विकासले गति लिएको दावी गरे । जसपा जिल्ला अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय कार्यकारिणी समिती सदस्य एवम प्रदेश साँसद मनिश कुमार सुमन, संघीय साँसद डा. सुर्य नारायण यादव, पुर्व साँसद रन्जु ठाकुर, प्रदेश साँसद विदेश्वर यादव बिक्की, नवप्रबेशी प्रभाकर यादव, अमरनाथ मण्डल, पार्टी केन्द्रिय सदस्य विश्वार रजक, ओबिसि महासंघका राष्ट्रिय अध्यक्ष भरत महतो, केन्द्रिय सदस्य विकास तिवारी, दिल कुमारी चौधरी, मुरली प्रसाद सिंह, राजनीतिक समिति सदस्य विनिता यादव, मधेश प्रदेश समितिका मुख्य सचीव दिनेश कुमार यादव,लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । यसैगरी राजविराज नगरपालिकाकि कार्यबाहक नगरप्रमुख इसरत परविन, प्रेस मन्चका महासचिव अबधेश कुमार झा, सामाजवादी संघका केन्द्रिय सचिब विशाल यादव, समाजवादी विधार्थी युनियनका केन्द्रिय सदस्य श्याम कुमार यादव, समाजवादी महिला संघका जिल्ला सचिब राखी यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । पार्टीका उप सचिब शम्भु कुमार यादवद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष अबुल हुसैनले गरे । कार्यक्रममा लोसपा,काँग्रेस, माओवादी लगायतका विभिन्न पार्टी परित्याग गरि हजारौं नेताकार्यकर्ता जसपामा प्रबेश गरेका थिए ।