
जनकपुरधाम । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले नागरिकताको विषयमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने कसैलाई प्रहरी हिरासतमा नलिन गृहमन्त्री बालकृष्ण खाँड्लाइ आग्रह गरेका छन् ।
सोमबार धनुषाको जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा अवरोध गर्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको थियो ।
उनीहरु पक्राउ परे लगतै सहमहामन्त्री यादवले टेलीफोन मार्फत गृहमन्त्री खाँडलाई थुनामुक्त गर्न आग्रह गरेका थिए । टेलीफोन संवादमा यादव नागरिकताविहन आफैं पीडा भएको र पक्राउ परेसँगै झनै हतोत्साहित हुने भन्दै शान्तिपूर्ण प्रदर्शन गर्नेहरुलाइ हिरासतमामा नलिन समेत आग्रह गरे ।
रास्ट्रपतिले नागरिकता विधेयक रोकेपछि नागरिकता नभएका नेपाली नागरिक झन पीडित भएका छन् भने उनीहरूमा मानसिक समस्या समेत बढ्दै गएको सहमहामन्त्री यादवको भनाइ छ ।