
जनकपुरधाम । सशस्त्र प्रहरीका एक जना असईको मृत्यु भएको घट्नामा अनुसन्धान गर्न सशस्त्र प्रहरी सप्तरीका एसपीलाई हेडक्वार्टर तानिएको छ ।
राजविराजस्थित प्रहरी बल गण नम्बर ६ हेडक्वार्टरका एसपी प्रदीप खड्का हेर्डक्वार्टर तानिएका हुन् । उनलाई बुधबार हेर्डक्वार्टर तानिएको छ ।
सप्तरीको छिन्नमस्तास्थित बोर्डर आउट पोष्टमा कार्यरत असई सत्यनारायण यादव भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको जिरोगा पुनर्वासस्थित घोडदह खोलामा १९ असोजमा मृत फेला परेका थिए ।
सिरहाको भगवानपुर २ घर भएका असई यादव १८ असोजदेखि विदा लिएकोमा उनी भारतको मृत फेला परेका थिए ।
सोही घट्नामा अनुसन्धान गर्न एसपी खड्कालाई तानिएको सशस्त्र प्रहरी बलका प्रबक्ता पुरुषोत्तम थापाले जानकारी दिएका छन् ।