‘जनताको हरेक सुखदुःखमा साथ दिदै आएको छु’ : सरोजसिंह कुशवाहा

महोत्तरी : जनातको हरेक सुखदुःखमा साथ दिदै आएको जनता समाजवादी पार्टीका उम्मेदवार सरोज सिंह कुशवाहले बताएका छन् ।

महोत्तरी क्षेत्र नं. ४ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार सरोज सिंह कुशवाहाले आफु धेरै विकास गरेको र जिते पछि अझै गर्ने बताएका छन् ।


महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित हुँदा आफुले क्षेत्र भित्र विद्यालयका लागि भवन, सामुदायिक भवन, सडक, मठ-मन्दिर, महजिद, श्राद घर गरि जम्मा २ सय भन्दा बढी काम गरेको उम्मेदवार कुशवाहाले दाबी गरेका छन् ।


राज्यमन्त्री समेत भएका कुशवाहा एक फरक क्षमता भएका उम्मेदवार पनि हुन । उनले आफु जिते पछि जनता समाजवादी पार्टीको एजेन्डा र क्षेत्र भित्रका एजेण्डा तुरुन्तै कार्यन्वयन हुने बताए ।