मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष भट्टराईको निधन

सर्लाही । मधेस प्रदेश मिडिया काउन्सिलको अध्यक्ष शिबहरी भट्टराईको निधन भएको छ ।
अध्यक्ष भट्टराई एक कार्यक्रममा सहभागी हुन् शुक्रबार सर्लाही पुगेका उनी शनिबार विहान मृत भेटिएका हुन् ।
शुक्रबार नेपाल पत्रकार महासंघ सर्लाहीको साधारण सभामा पुगेका उनी आज विहान होटलको कोठामा मृत भेटिएको सञ्चारकर्मी मनोज यादवले जनाएका छन् ।
पत्रकार यादवले भट्टराई ‘हिजो बेलुका हामीसँगै खाना खाएर होटलमा समान्य अवस्थामा फर्किनु भएको थियोे, तर आज विहान उनको निधन भएको बताए्रका छन् ।
उनी समयमा कार्यक्रम स्थलमा नआइपुग्दा खोजतलास गरिएको थियो । पछि उनी बसेको होटलको कोठा जाँदा भित्रबाट चुकुल लागेको र चुकुल तोडेपछि बेडमै लडेको अवस्थामा भेटिएका हुन् ।
यादवका अनुसार अध्यक्ष भट्टराईको मुखबाट रगत निस्किएको देखिएको छ । त्यसलगतै उनी मृत भएको हामीले पाइएका थियौँ । उनको निधन हृदयद्यातका कारण हुन् नसक्ने पत्रकार यादवको भनाइ छ ।
अन्दाजी ७० वर्षीय भट्टराई उच्च रक्तचाप र हृदयघातका रोगी थिए । उनी लामोसमयदेखि सप्तरीबाट पत्रकारिता गर्दै आएका थिए । पछि मधेस प्रदेश सरकारले उनलाई मधेस प्रदेशको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त गरेका थिए ।