
जनकपुरधाम । जनकपुरमा स्कुलको बसको ठक्करले पुजारीको मृत्यु भएको छ ।
धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा १ को मुसहरी टोलमा दिउँसो ४ बजे मोनाष्टिक स्कुलको बसले ठक्कर दिदाँ पुजारीको मृत्यु् भएको हो ।
धनुषा जनकपुरधाम उपमहानगरपालिका १९ बेंगाशिवपुरका ७५ वर्षीय वृद्ध पुजारीको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मोनाष्टिक माध्यमिक विद्यालयको ना १ क ३१२४ नम्बरको स्कुल बसले बाटो हिडदैँ गरेको जहरा दास लाई ठक्कर दिँदा दास(पुजारी)को घटनास्थलमा नै मृत्यु भएको धनुषा प्रहरीले बताएको छ । त्यस्तै स्थानीयकले बसले ब्याक गरेर दासको हत्या गरिएको आरोप लगाएका छन् ।
बस र बसचालक मनोज मिश्रलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान शुरु गरेको छ भने मृतक दासको शवपरीक्षणका लागि जनकपुर प्रादेशिक अस्पतालमा राखेको धनुषा प्रहरीले बताएको छ ।