धनुषामा श्रीमानले सुतेकै अबस्थामा बञ्चरोले हानेर श्रीमतीको हत्या गरे

 

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिनगरमा श्रीमानले सुतेको अबस्थामा श्रीमतीमाथि बञ्चरो हानेर हत्या गरेका छन् ।

अन्दाजी ३५ वर्षीय विरेन्द्र यादवले आइतवार मध्यराति श्रीमती २७ वर्षीया रितादेवी यादवको हत्या भएका हुन् । हत्या आरोपमा विरेन्द्रलाई प्रहरीले आज विहान पक्राउ गरेको छ ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि स्थानीयले राति नै जनकपुरस्थित काव्या हस्पिटल ल्याएको थियो । हस्पिटलले भने उनलाई मृत घोषणा गरेको बताइएको छ ।

धनुषाका प्रहरी प्रवक्ता तथा डिएसपी प्रदिप क्षेत्रीले श्रीमतीको हत्या गरेका श्रीमान विरेन्द्रलाई पक्राउ गरी आवश्यक अनुसन्धान अगाडी बढाएको जानकारी दिए ।