सिरहामा महिलाको हत्या, विरोधमा राजमार्ग अवरुद्ध गर्दा तनाव

 

जनकपुरधाम । सिरहाको मिर्चैया नगरपालिका २ की ३० वर्षीया लक्ष्मीनिया कापरको हत्या भएको छ । पात टिप्न जंगल गएको बेला छुरा प्रहार गरी आज दिउँसो उनको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

उनको हत्या विरोधमा आफ्न्त र सथनीय पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग खुलाउन खोज्दा प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो । अवस्था अझ विग्रिने देखेपछि प्रहरी ब्याक भएपछि राजमार्ग अवरुद्ध कायमै छ ।

स्थानीयका अनुसार बलात्कार पश्चात उनको हत्या गरेको देखिएको छ । तर बलात्कार र हत्या कसले गर्यो भन्ने खुल्न सकेका छैन ।

आन्दोलनमा उत्रेकाहरुले एक आरोपी यूवकलाई नियन्त्रणमा लिएर कुटपिट समेत गरेका छन् ।

प्रहरीले उनको उद्धार गरी अनुसन्धान गरी रहेको जनाएको छ ।