धनुषामा गोली हानेर साना व्यापारीको हत्या

 

जनकपुरधाम । अज्ञात समूहको गोली प्रहारबाट धनुषामा एक साना व्यापारीको हत्या भएको छ ।

मुखियापट्टी मुसहर्निया गाउँपालिका २ स्थित किराना पसल गर्ने ३५ वर्षी भनु दासको गोली हानेर हत्या गरिएको छ । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले उनीमाथि पसलमै गोली चलाएको बताइएको छ ।

गोली प्रहारबाट गम्भीर घाईते भएका दासको उपचारका लागि जनकपुर ल्याउँदै गर्दा मृत्यू भएको हो । अहिले उनको शव प्रादेशिक अस्पतालमा राखिएको छ ।

गोली कसले चलाएको विषयमा केहि खुल्न सकेका छैन । घटनास्थल पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।