तीन मन्त्रालयमा राउतको दावी

 

जनकपुरधाम । सरकारमा सहभागी हुने निर्णय गरेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले तीन मन्त्रालयमा दावी गरेका छन् ।

जनमत पार्टीका उपाध्यक्ष समेत रहेका साँसद अब्दुल खानले कृषि, सहरी विकास र उद्योग मन्त्रालयमा दावी रहेको बताए । उनले भने, ‘हाम्रो दावी त तीन मन्त्रालय दिनुपर्छ भन्नेमा छ । अहिले सहमती भने भइसकेको छैन । छलफल जारी छ ।’

पार्टीबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने जिज्ञासामा उनले भने– अहिले यो विषयमा टुङ्गो लाग्न सकेका छैन । हामी छलफलमै छौं ।’ तर केहि दिनअगाडी अध्यक्ष डा. राउतले भने सरकारमा आफैं पनि जानसक्ने बताएका थिए ।

जनमत पार्टीले मधेश प्रदेशमा मुख्यमन्त्रीको दावी गरिरहेका छन् । सो पार्टीको मधेश प्रदेशमा १३ साँसद र संघमा ६ साँसद छन् ।