
जनकपुरधाम । मधेस प्रदेश सरकारको प्रदेश सचिवलायले नवनिर्वाचित सासंदहरुको सपथ ग्रहण कार्यक्रम पौष १५ गतेका लागि तय गरेको छ ।
मधेस प्रदेश सभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले प्रदेशसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ ग्रहण पौष १५ शुक्रबार २ बजेका लागि तय गरिएको हो ।
त्यस्तै प्रदेशसभा सचिवालयले मातृभाषामा शपथ लिने सांसदलाई पौष १४ गते बिहिवारसम्म नै विवरण उपलब्ध गराउन आग्रह समेत गरेको छ ।