
जनकपुरधाम । जनकपुरधाम–जयनगर रेलमा चढ्ने क्रममा एकजनाको मृत्यु भएको छ ।
जयनगरबाट जनकपुरधामको लागि छुटेको रेलले विदेह नगरपालिका स्थित वैदेही स्टेसनमा चढ्ने क्रममा उछिटिएर तल खस्दा किचिएर एकजनाको मृत्यु भएको हो ।
जयनगरबाट जनकपुरधाम आउँदै गरेको रेलले चढ्ने क्रममा खुट्टा फस्दा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रदीप बहादुर क्षेत्रीले जनाएका छन् ।
मृत्यु हुनेमा धनुषा नगराईन नगरपालिका राघवपुर बस्ने ३५ वर्षीय पुरन सादा रहेको प्रहरीले जनाएका छन् । रेल चढ्न लाग्दा खुट्टा अड्किएपछि सोही रेलले किचेर मृत्यु भएको प्रारम्भीक अन्ुसन्धानबाट देखिएको प्रहरीको भनाई छ । भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।