मधेश प्रदेशका स्वतन्त्र सांसद कुशवाहा माओवादी केन्द्रमा प्रवेश

 

जनकपुरधाम । मधेेश प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार सांझ प्रदेशसभा सदस्य कुशवाहाले पार्टीमा भित्र्याएका हुन् ।

सर्लाही ३ (१) बाट निर्वाचित उनी माओवादीमा प्रवेश गर्न प्रचण्डको निजी निवास खुमलटार पुगेका थिए ।

कुशवाहा प्रवेश गरेसंगै मधेश प्रदेशमा माओवादी केन्द्रका सांसदको संख्या ९ पुगेको छ ।