
जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका ७ स्थित एमटीएल ईटा भट्टामा मजदुरको काम गर्ने एक व्यक्ति मृत फेला परेका छन् ।
स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव ईटा भट्टाकै छाप्रोमा फेला परेको हो । मंगलवार मृत फेला परेका उनको शव पोष्टमार्टमका लागि प्रहरीले जलेश्वरस्थित प्रादेशिक अस्पताल राखेको छ ।
मृतक झाको बायाँ आँखा फुटेको देखिएकाले हत्याको आशंका छ । महोत्तरीका एसपी कृष्ण पंगेनीले पनि घटना शंकास्पद देखिएको र थप अनुसन्धान भइरहेको बताए ।