
सिरहा । चिसो अत्यधिक बढेको छ । यस्तो बेला नागरिकलाई राज्यको अभिभाकत्वको खाँचो छ । खासगरी स्थानीय सरकारले यसमा शीघ्र अग्रसरता लिनपर्छ ।
तर, अझै पनि कतिपय स्थानीय तहहरु जाडोयाममा के गर्ने भनेर सोचि नै रहेका छन् । जसका कारण नागरिकहरु राज्यविहिनताको अनुभव गरिरहेका छन् ।
तर, सिरहाको अर्नमा गाउँपालिका भने नागरिकका लागि सहारा बनिरहेका छन् । गाउँपालिकाले मंगलबार मात्रै अर्नमा ५ कृष्णपुरमा ४ सय जति स्थानीय वृद्धवृद्धा, एकल महिला, अपाङलाई कम्बल वितरण गर्यो ।
कम्बल वितरण अभियान अझै जारी छ । गाउँपालिकाका सबै ५ वटा वडामा गरी २२ सय नागरिकलाई कम्बल वितरण गर्ने योजना गाउँपालिकाको छ ।
गाउँपालिकाका यसअघि नेतृत्वका पालामा अभिभावकत्व महसुस गर्न नपाएका नागरिक यसपालि हर्षित छन् । उनीहरुले गाउँपालिका अध्यक्ष अशोक यादवको कामलाई सराहना गरेका छन् ।
जनता नै आफ्ना लागि सर्वोपरी रहेको भन्दै यस्ता कामहरुलाई आफूले निरन्तरता दिइरहने अध्यक्ष यादवको भनाइ छ ।