शम्भुनाथ नगरपालिकाका इन्जिनियर साह १ लाख ४० हजार घुससहित पक्राउ

 

जनकपुरधाम । सप्तरीको शम्भुनाथ नगरपालिकाका इन्जिनियर रामचन्द्र साह १ लाख ४० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

साहलाई नगरपालिकाको कार्यालयबाटै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको छ ।

इन्जिनियर साहलाई अख्तियारको टोलीले पक्राउ गरेको त्यहाँका मेयर जितेन्द्र प्रसाद गुप्ताले पुष्टि गरे । उनले कोबाट घुस लिएको विषयमा आफूलाई जानकारी नभएको बताए ।