जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई नेपाली काँग्रेसले पनि विश्वासको मत दिने सो दलका नेता कृष्ण प्रसाद यादवले घोषणा गरेका छन् ।
प्रदेशसभा बैठकमा बोल्दै काँग्रेस दलका नेता यादवले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको बताए । उनले हामीले दिने विश्वासको मतको कदर हुनेछ भन्ने विश्वास रहेको बताए ।
उनले भने, ‘हामी रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्छौं । तर आज विश्वासको मत दिएपछि सरकारले अगामी दिनमा सहमती र सहकार्यमा प्रदेशलाई समृद्ध बनाउने काम होस् ।’
उनले प्रदेशमा कमिशन र भ्रष्टाचारबारे धेरै गुनासो आएकाले सो गुनासो घटाउन पनि मुख्यमन्त्री यादवसँग अपिल गरे ।
मधेश प्रदेशमा नेपाली काँग्रेसको २२ साँसद छन् । मुख्यमन्त्री यादव सत्ता साझेदार दलहरु र तीन स्वतन्त्र साँसदको समर्थनमा नियुक्त भएका थिए । पछि लोसपाले पनि सर्थन गरिसकेको छ ।