
जनकपुरधाम । मधेश प्रदेश सरकारले मुख्य न्यायधिवक्तामा अधिवक्ता विरेन्द्र ठाकुरलाई नियुक्त गर्ने तयारी गरेको छ ।
सिरहा घर भएका ठाकुर हाल वीरगञ्जमा बस्दै आएका छन् । उनी जनता समाजवादी पार्टी (जसपा) निकट हुन् । पार्टी निकट भएकै कारण उनलाई मुख्यमन्त्री सरोज कुमार यादवले नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
अघिल्लो सरकारले अधिवक्ता दिपेन्द्र झालाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेको थियो । झाले गत भदौं १८ मा न्यायाधिवक्ता पदबाट राजीनामा दिएर राजीतिमा लागे ।
झालाई जनता समाजवादी पार्टी (जसपा)ले नै मुख्यन्यायधिवक्तामा नियुक्त गरेको थियो । त्यसैले पनि उनी सोही पार्टीको सदस्यता लिएर प्रदेशसभा सदस्यमा चुनाव लडे तर पराजित भए ।
झा मुख्यन्यायाधिवक्ता पदबाट राजीनामा दिएको ६ महिना वितिसक्दा पनि सरकारी वेवसाइटमा उनको नाम र फोटो अझै मुख्यन्यायाधिवक्ताकै रुपमा राखिएको छ ।