जनकपुरधाम । धनुषा प्रहरीले एक मिटरब्याजीलाई पेस्टोल र गोलीसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ का ४१ वर्षीय दिलिप साह छन् ।
मिटरब्याज विषयमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपक कुमार राय नेतृत्वको टोलीले साहको घरमा खानतलासी गर्न पुगेको थियो । सो क्रममा प्रहरीले पेस्तोल र गोलीसमेत फेला पारेको र साहलाई समेत पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मिटरब्याजी साहको घरबाट कपाली तमसुकहरू, जग्गा धनि पुर्जाहरू, खाली चेकलगायत कागजात तथा कटुवा पेस्तोल एक थान, राईफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद भएको छ ।
पक्राउ परेका साहमाथि थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।