मिर्चैयामा अख्तियारको छापा

 

सिरहा । मिर्चैया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा हानेको छ । मिर्चैया नगरपालिका वडा ९ को वडा कार्यालयमा अख्तियारले मंगलबार छापा हानेको हो ।

आर्थिक वर्ष २०७५/७६ मा पोखरी मर्मत सम्भारका लागि वडाले ३ लाख रुपैयाँ बजेट छुट्याएको थियो । तर, कामै नगरी पैसा निकासा भएको देखिएपछि स्थानीयले अख्तियारमा उजुरी गरेका थिए ।

वडाको बजेट भएपनि उक्त योजना नगरपालिकाले सञ्चालन गरेको थियो । अख्तियारको बर्दिबासको टोलीले स्थानीयको मुचुल्का गरी वडा कार्यालयबाट सम्बन्धित कागजातहरु लगेको छ ।