धनुषामा भयङ्ककर ट्रक दुर्घटना, तीन जनाको मृत्यु, एकको अवस्था गम्भीर

 

जनकपुरधाम। पूर्व–पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरमा भयङ्कक ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको छ ।
शनिबार बिहान ४ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट आइरहेको प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्एिको थियो ।
ठक्करबाट ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनर्वाका २७ वर्षिय सागर चौधरी सोही ट्रकका सहचालक सुनसरी भरौलका ३० वर्षिय अर्जुन चौधरी र प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक सहचालक मोरङ्गको बेलवारी–८ का ४४ वर्षिय लोकमान थापाको मृत्यु भएको छ भने सोही ट्रकका चालक सर्लाहीको बाग्मती–११,का नारायण श्रेष्ठ गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कविन राईले जानकारी दिएको छ ।
ठक्करबाट सख्त घाइते भएका चारै जनालाई ढल्केवरस्थित एक नीजि अस्पताल उपचारका लागि भर्ना गरिएको र उपचारको क्रममा तीन जनाको मृत्यु भएको उनले बताए ।
मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घाइतेको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।