मिर्चैयाको आन्दोलन हाँकिरहेका अंजयको परिवारमाथि आक्रमण

 

सिरहा । मिर्चैया नगरपालिका र यहाँका मेयरको ज्यादतीविरुद्ध भइरहेको आन्दोलन हाँकिरहेका अंजय साहको परिवारमाथि आक्रमण भएको छ ।

मेयरले मिर्चैया बजारको घरहरु भत्काएको विरोधमा मिर्चैयामा निरन्तर रुपमा आन्दोलन भइरहेको छ । त्यसै आन्दोलनको क्रममा आज झडप हुँदा प्रहरी र मेयरका कार्यकर्ताहरु घरमै पसी अंजयको परिवारमाथि आक्रमण गरेको हो ।

आक्रमणमा परेर अंजयकी पत्नी संगिता कुमारी साह गम्भीर घाइते भएकी छिन् । प्रहरी र मेयरका कार्यकर्ताले कुटपिट गर्दा संगिताको शरीरको विभिन्न भागमा निलडाम परेको छ ।

उनको अहिले कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलमा उपचार भइरहेको छ । यो घटनाको स्थानीय बुद्धिजीवीले घोर निन्दा गरेका छन् ।