दिउँसै बैंकबाट लुटियाे ३८ लाख

जनकपुरधाम । महोत्तरीमा दिनदहाडै बैंकबाट रकम लुटिएकाे छ ।
जिल्लाकाे महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित एनएमबि बैंकबाट मंगलबार दिउँसो रकम लुटिएकाे हाे ।
चार जनाकाे समूहमा आएका हतियारधारी समूहले बैंकका कर्मचारीलाई पेस्तोल देखाएर रकम लुटि भागेको प्रहरीले जनाएको छ ।
महोत्तरी प्रहरीका प्रबक्ता एवं डिएसपी दिलिप कुमार गिरिका अनुसार उक्त समुहले बैंकबाट ३८ लाख रुपैयाँ लुटेर लगेको जानकारी आएको छ ।
लुटेराहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।