जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ ।
लिभर क्यान्सर र कलेजोसम्बन्धी समस्याबाट पीडित डा. साहको भारतको दिल्लीस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
हाडजोर्नी सम्बन्धी चर्चित डा. साहको स्वास्थ्यमा समस्या देखिएपछि एक साता अगाडी दिल्ली लगिएको थियो ।
तत्कालिन लालबाबु राउत नेतृत्वको मधेश प्रदेश सरकारले १८ माघ ०७७ मा डा. साहलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।