श्रीमान–श्रीमतीमाथि सांघातिक आक्रमण, प्रहरी बेखबर

 

जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका ६ सिर्सियास्थित घरमै श्रीमान–श्रीमतीमाथि सांघातिक आक्रमण भएको छ ।

घरमै बसेका बेला ३५ वर्षीय दिनकर यादव र उनकी श्रीमती ममता यादवमाथि सांघातिक आक्रमण भएको हो । उनी दुबै जनामाथि धारिलो हतियार प्रहार गर्दा गम्भीर घाईते भएका छन् ।

दिनकर यादवको घाँटी र उनकी श्रीमती ममताको हातमा धारिलो हतियार प्रहार गरिएको छ । अहिले उनी दुबै जनालाई स्थानीयले उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याएका छन् ।

घटनाबारे धनुषा प्रहरी भने बेखबर छन् । प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले घटना विषयमा जानकारी प्राप्त नभएको र बुझेर भन्ने बताए ।