मिटरब्याजी भन्दै निर्दोष माथि कुटपीट गरेको आरोप

जनकपुरधाम, साउन ३ । धनुषाधाम नगरपालिकाका एक जनालाई मिटरब्याजी भन्दै कुटपिट गरिएको छ । सो नगरपालिकाको कजराका शिवजी यादवलाई कुटपिट गरिएको बताइएको छ ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा राकेश साह नेतृत्वका चार जना व्यक्तिले आफूलाई कुटपिट गरेको आरोप लगाएका छन् ।
पत्रकार सम्मेलनमा शिवजी यादवले राकेश साह नेतृत्वका चार जना व्यक्तिले संघातिक आक्रमण गरेको आरोप लगाएका छन ।
बुधवार बिहान धनुषाधामबाट जनकपुरधाम आउने क्रममा शिसमपुर चौकमा राकेश साहको नेतृत्वमा नागेश्वर यादव, राजेश साह र समोद साह सहितका व्यक्तिले आफूलाई निर्घात रुपमा कुटपिट गरेको बताए ।
घटना पश्चात दिउंसो एक पत्रकार सम्मेलन गरी उनले चौकमा राकेश साह सहितका व्यक्तिले आफूलाई गाडीबाट झारेर हेलमेट र लातीमुक्का कुटपिट गर्दै आफूसँग रहेका ९५ हजार रुपैया र मोबाइल समेत लुटेर इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको आरोप लगाए ।
उनले भने आफूलाई के कति कारणले कुटेको हो थाहा भएन । पछि प्रहरीले ईलाका प्रहरी कार्यालयमा लग्दा आफूमाथि मिटरब्याजी आरोपको मुद्दा परेको थाहा पाए । प्रहरीलाई आफूलाई के कति कारण नियन्त्रणमा लिएको भन्ने कुरा सोध्दा प्रहरीले तपाईमाथि मिटरब्याजीको मुद्दा परेको बताए । केही समय त्यहाँ राखेर पछि जिल्ला प्रशासन कार्यालयमा पठाइ दियो ।
जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई सोध्दा छलफलका लागि बोलाइएको भने । आफू घण्टौ जिल्ला प्रशासन कार्यालयमा बसेपनि आरोप लगाउने पक्ष नआएपछि त्यहाँबाट छाडेको उनले भने । तपाईलाई मिटरब्याजीको आरोपमा पक्राउ गरिएको पत्रकारहरुको जिज्ञासामा शिवजीले भने आफूमाथि मिटरब्याजीकै उजुरी थिएन भने छलफलका लागि कुनै जानकारी गराउनु पथ्र्यो । तर त्यसरी केही व्यक्तिको उक्साहटमा प्रशासनले कुटपिट गरी बोलाउन गलत रहेको बताए ।
आफूमाथि मिटरब्याजीको उजुरी दिने राकेशबीच कुनै प्रकार लेनदेन नभएको बताउंदै शिवजीले भने धनुषामा आफ्नो पसल राम्रो चलिरहेकाले त्यहाँबाट हटाउन व्यक्तिगत इर्ष्यामा आफूमाथि आक्रमण गरेर प्रहरीको जिम्मा लगाएको हो । साथै उनले आफू न्यायका लागि अदालतसम्म जाने चेतावनी समेत शिवजीले दिएका छन् ।