शहिदनगरका इन्जिनिरसहित दुई जना एक लाख घुस रकम र चेकसहित पक्राउ

 

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका एक इन्जिनिर र उनका साथी घुस रकम र चेकसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा इन्जिनियर रमेश कुमार चौधरी र उनको साथी गुरुदेव यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले उनी दुबै जनालाई घुस लिंदैगर्दा पक्राउ गरेको छ ।

घुस बापत लिएको एक लाख रुपैया नगद र एक लाख ७५ हजारको चेक बरामद भएको अख्तियार स्रोतले जनाएको छ । वाल निर्माण कार्यको भुक्तानी बापत इन्जिनिर चौधरीले साथीमार्फत घुस लिएलगत्तै पक्राउ परेका हुन् ।

शहिदनगर नगरपालिका ३ स्थित पशु सेवा केन्द्रको भवनबाट पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास लगिएको छ ।