मधेशका सांसद यादव हत्या अभियोगमा पक्राउ, प्रहरीले अदालत पुर्याए

 

जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादवलाई प्रहरीले माओवादी नेताको हत्या अभियोगमा पक्राउ गरेको छ ।

सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’बाट निर्वाचित सांसद यादवलाई प्रहरीले राजविराजबाट पक्राउ गरेको हो । माओवादी नेता गोबिन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ ।

सोही मुद्दामा सांसद यादवलाई प्रहरीले पक्राउ गरेको बुझिएको छ । उनलाई प्रहरीले अहिले राजविराजस्थित जिल्ला अदालत लगेको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्र कार्कीले सांसद यादवलाई अदालतमा बुझाएको बताए । उनले भने, ‘पक्राउ गरेको छैन् ।अदालतमा उपस्थित गराएका छौं ।’