सिरहा । सिरहा क्षेत्र नम्बर चारबाट निर्वाचित सांसद एवं नेपाल सरकारका वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसाद महतो मिर्चैयामा सम्मानित भएका छन् ।
पतञ्जली योग समिति, मिर्चैयाले शुक्रबार एक कार्यक्रमको आयोजन गरी मन्त्री महतोलाई सम्मान गरेको हो । यस क्षेत्रबाट निर्वाचित भई मन्त्री भएर मान बढाएको भन्दै सम्मान गरेको पतञ्जलीले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले जनताको सन्तुष्टि नै आफ्नो सन्तुष्टि भएको बताएका छन् । आफूले जनतालाई जहिल्यै सर्वोपरि ठानेर काम गरेको उनले बताए ।
आफू मन्त्री भएपनि यसमाथि सबै जनताको पनि आफू जत्तिकै हक लाग्ने उनले विश्वास दिलाए । उनले जनताका लागि आफ्नो मन्त्रालयको ढोका हरसमेसा खुल्ला रहने प्रतिवद्धता पनि जनाए ।
यस क्षेत्रको चौतर्फी विकासका निम्ति पनि आफू लागिपरेको भन्दै क्रमशः हरेक चिजमा विकास र परिवर्तनको आभाष हुँदै जाने उनले बताए ।