
जनकपुरधाम, २ माघ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का युवा नेता राधाकृष्ण साह (किशन)ले राजीनामा दिएका छन् ।
नयाँ राजनीतिक यात्राको शुरूवात गर्ने भन्दै साहले पार्टीबाट राजीनामा दिएका हुन् ।
जसपा फुटेपछि उनले लोसपा रोजेका थिए । उनी विगत ७ वर्षदेखि सो पार्टीमा आबद्ध थिए ।
साहले आफ्नो राजीनामा पत्रमा अन्य कुनै दलमा सामेल हुने आशय व्यक्त गरेका छन् ।
साहले आफ्नो राजीनामा पत्रमा लेखेका छन्, “म राधाकृष्ण साह (किसन) लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँगको यात्रालाई आजबाट पूर्णरुपले बिराम दिएको छु । यात्रालाई सहज र सरल बनाउन सहयोग गर्नुभएको सम्पूर्ण साथी, शुभचिन्तक र पार्टीका सदस्यहरुलाई हृदयदेखि धन्यवाद । आगामी राजनीतिक यात्राको निर्णय सम्पूर्ण साथीभाई, शुभचिन्तकहरुको सल्लाह सुझाव अनुसार लिने पनि जनकारी गराउन चाहन्छु ।”
युवा नेता साह लोसपाभित्र राजेन्द्र महतोको निकट रहेर काम गरिरहेका थिए ।