राष्ट्रियसभा निर्वाचनमा ढुंगाना र सिटौलालाई मतदान गर्न युवा नेता गोईतको अपील

 

जनकपुरधाम । नेपाली कांग्रेसका युवा नेता शिवशंकर गोईत (साधु)ले राष्ट्रियसभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारका लागि भोट दिन आग्रह गरेका छन् ।
जनकपुरमा संचारकर्मीहरु संग कुराकानी गर्दै युवा नेता गोईतले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउन मधेस प्रदेशबाट उम्मेदबारी दिएका आनन्द ढुंगाना र कोसी प्रदेशबाट उम्मेदवारी दिएका कृष्णप्रसाद सिटौला सहित गठबन्धनका उम्मेदबारलाई मतदान गर्न आग्रह गरेका छन् । राष्ट्रियसभा निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर रहेकोले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेकोछ, उनले भने ।

कांग्रेसका दुई अनुभवि नेता ढुंगाना र सिटौला सहित गठबन्धनका उमेदवार सबैका साझा उमेदवार भएकाले सबैले मतदान गरेर जिताउनु पर्र्र्छ, युवा नेता गाईतले भने, ‘नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ’, । मुलुकमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्न राष्ट्रियसभामा ढुंगाना र सिटौला सहित गठबन्धनको उम्मेदबार आउनु पर्ने आवश्यक छ ।