जनकपुरधाम: बलिदानी दिवसको अवसरमा जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहको उपस्थितिमा मधेश आन्दोलनका आन्दोलनकारी परिवारलाई कम्बल वितरण गरिरहेको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १ स्थित विपन्न बस्तीमा दर्जनौं परिवारलाई कम्बल वितरण गरिरहेको हो। कार्यक्रममा विद्यार्थी जनमत संघ धनुषाका अध्यक्ष विरेन्द्र कुमार यादब र पार्टीका नेता पवन मण्डल लगायतको उपस्थिती रहेको थियो।
‘मधेश आन्दोलनका क्रममा यिनै दलित-विपन्न परिवारहरु सडकमा ओर्लिएका थिए, जसकारण आन्दोलन सफल भयो।’ सचिव साहले भने,’सुकिलामुकिलाहरु मन्त्री सांसद भए तर यिनै आन्दोलनकारीहरुको अबस्था जस्ताको तस्तै छ।’
मधेश आन्दोलनलाई सफल बनाउने आन्दोलनकारीहरुको सम्मान नभएसम्म सफल्ता अधुरा रहने सचिव साहले बताए।
मधेश आन्दोलनको जगमा निर्माण भएका पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा, सत्ता स्वार्थमा लिप्त भएको र मधेश सरकार भ्रष्टाचारमा डुबेको आरोप उनले लगाए।
‘मधेश मुक्तिको संघर्षमा जनमत पार्टीको उदय भएको छ। जनमतले नेताको उन्नति होइन जनताको उन्नति गराउनेछ।’ सचिव साहले दाबी गरे,’ शहीद र आन्दोलनकारीको सम्मानमा जनमत सँधै अगाडि रहने छ।’