
जनकपुरधाम ५ माघ
धनुषाको जनकपुरधाम उपमहनगरपालिका वडा नं.१३ का वडाध्यक्ष जितबहादुर राउतले माघ ८ गते घर-घरमा दिप प्रज्वलन गर्न हार्दिक अपिल गरेका छन् ।
५५० बर्षपछि भगवान रामको अयोध्या आगमन हुन लागेको भन्दै घर घरमा दीप प्रज्वलन गरी धार्मिक आस्था बचाउन वडाध्यक्ष राउतले अनुरोध गरेका हुन् ।
वडाध्यक्ष राउतले जनकपुरधाम उपमहानगरसहित वडा १३ वासीलाई जनवरी २२ तारिख अर्थात माघ ८ गतेको साँझ घर घरमा दीप प्रज्वलन गर्न अनुरोध गरेका हुन् ।