सर्लाहीमा ट्रयाक्टर र नापीका कर्मचारीहरु सवार सफारी आपसमा ठोक्किदा ११ जना घाइते

 

जनकपुरधाम ‌। सर्लाहीको मलंगवा नगरपालिका ११ गम्हरियामा सफारी गाडी र ट्रयाक्टर सोमबार राति आपसमा ठोक्किदा ११ जना घाइते भएका छन् ।

घाइते १० जना नापी कार्यालय सर्लाहीका कर्मचारी छन् । तिमध्ये ४ जनाको अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ‌।

प्रहरीका अनुसार नापी कार्यालय सर्लाहीका प्रमुख काभ्रे बनेपाका ४५ वर्षीय संजय मान्धर, मलंगवा ३ का ३५ वर्षीय रामलाल साह, बागमती नगरपालिका ५ का विनोद घिमिरे र महोत्तरीका ३० वर्षीय बैजु यादव गम्भीर घाइते भएका छन् ।

गम्भीर घाइते नापी प्रमुख मानन्धरसहितलाई थप उपचारको लागि वीरगञ्ज रेफर गरिएको छ । अन्य ७ जनाको उपचार मलंगवामै उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसार बी.आ.०६ पी.डी.९६४८ नम्बरको सफारी र ज २ त १०६७ नम्बरको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो । सफारीमा कर्मचारीहरु सवार थिए ।