शहिदनगरको नहरमा पुरुष मृत फेला

 

जनकपुरधाम ‌। धनुषाको शहिदनगर नगरपालिका ७ स्थित नहरमा मृत अबस्थामा एक पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार शहिदनगर नगरपालिका १ चिरैयाका ६० वर्षीय फुलगेन ठाकुर मृत अबस्थामा फेला परेका हुन् । नहरमा फेला परेका उनको शरिर र लुगामा माटो लागेको छ ।

लुगा लगाएकाले शरिरमा चोटपटक लागेको देखिदैन् ।उनको मृत्यूको कारण खुल्न नसकेको र आफन्त सम्पर्कमा आएपछि थप कुरा खुल्ने प्रहरीले जनाएको छ ‌।

स्थानीय बासिन्दा शौचालयका लागि नहरमा पुगेपछि शव देखेका थिए । उनीहरु नै खबर गरेपछि प्रहरी घटनास्थल पुगेर कानून प्रक्रिया पुरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारी गरेका छन् ।