धनुषाधामको संरक्षित वनमा भिषण आगलगी

 

जनकपुरधाम । धनुषाको धनुषाधामस्थित संरक्षित वनमा भिषण आगलगी भएको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको आगलगी अझै नियन्त्रणमा आएको छैन् ।

वनको आगलगी नियन्त्रणमा लिन धनुषाधाम, सबैला, जनकपुरधाम, महेन्द्रनगर लगायतका सात वारुणयन्त्र पुगेको छ । बारुणयन्त्र, गाउँभरका मानिस, सशस्त्र र नेपाल प्रहरी समेत आगो नियन्त्रणको प्रयास गर्दा पनि आगलगी नियन्त्रणमा आउन नसकेको स्थानीय पत्रकार विनय यादवले जानकारी दिए ।

आगो गाउँ र बजारमा फैलिने खतरा बढेको उनले बताए । उनले भने, ‘आगो लागेको दुई घण्टा भयो । तीब्र गतिमा हावा चलिरहेकाले आगो नियन्त्रणमा आउनुको सट्टा झन फैलिदै गएको छ ।’