जनकपुरधाम : यादवको जग्गा कब्जा गरि मिश्राले घर बनाए

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ मा एक व्यक्तिले दादागिरी हिसाबले अर्काको जग्गामा घर बनाएर बसेको पाइएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ मा सिरहा कर्जन्हा निवासी राम एकवाल यादवको जग्गामा महोत्तरी सिमरदही निवासी अनिल मिश्राले जबर्जस्ती दादागिरी हिसाबले घर बनाएर बसेको पाइएको हो ।

धनुषा जिल्लाको बसहिया वडा नं. ९ मा सिरहा जिल्ला कर्जन्हा निवासी राम एकवाल यादवको नाममा दर्ता कायम रहेको ३३३३ नम्बरको कित्तामा महोत्तरी सिमरदहीका अनिल मिश्राले जबर्जस्ती दादागिरी तरिकाले घर बनाएर बसेका हुन् । आफ्नो जग्गामा अरु व्यक्तिले जबर्जस्ती दादागिरी हिसाबले घर बनाइ आफ्नो जग्गा कब्जा गरिराखेकोले न्यायका लागि चौतर्फी गुहार्दा समेत कतैबाट न्याय नपाएको यादवले गुनासो गरेका छन् ।

पीडित जग्गा धनी यादवले जनकपुरधामस्थित जिरोमाइल प्रहरी चौकी तथा नापी कार्यालय धनुषामा समेत उजुरी दिएको तर कतैबाट सुनुवाइ नभएको गुनासो गरेका छन् । उनले आफूले न्याय पाउनुको सट्टा उल्टै दु:ख पाएको बताए ।

प्रहरी तथा नापी कार्यालयमा पटक-पटक धाउदा तथा लिखित उजुरी गर्दा पनि कसैले पनि चासो नदिई उल्टै आफूलाई पीडा दिने काम गरेको बताए । यादवले आफूले दु:ख गरेर अर्जेको सम्पत्ति अरुले कब्जा गरेर बस्दा पनि राज्यले न्याय नदिएपछि आफू टुलुटुलु हेरेर बस्नुपरेको पीडा सुनाए ।

त्यस ठाउँमा यादवको तीन कित्ता ३३३२, ३३३३ र ३३९६ नम्बरको जग्गा रहेकोमा मिश्राले ३३३३ नम्बरको कित्ता जबर्जस्ती कब्जा गरि घर बनाएका हुन् ।