जनकपुरधाम । निर्माण व्यवसायी संघ धनुषाको सदस्य पदमा सन्तोष कुमार यादव सहित दुई जना निर्विरोध निर्वाचित भएको छ । आईतबार यादव निर्माण व्यवसायी संघ धनुषा अन्तर्गतको क वर्गको सदस्य पदमा निर्वाचित भएको हो ।
निर्वाचन कार्यालयले तोकेको अवधि भित्र उक्त पदमा अन्य उम्मेदवारले मनोनयन दर्ता नगरेपछि यादव निर्विरोध विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । यादव इन्फ्रास्टक्चर एस एण्ड बी बिल्डर्स प्रालिका सञ्चालक हुन ।
यस्तै निर्माण व्यवसायी संघ धनुषाको अन्तर्गतकै ख वर्गको सदस्य पदमा सुभासचन्द्र चौधरी पनि निर्विरोध निर्वाचित भएको हो । बाँकी अन्य पदको लागि शनिबार निर्वाचन हुने तयारी छ । अध्यक्ष पदको लागि ६ जनाले उम्मेदवारी दिएका छन्।
निर्माण व्यवसायी संघको ‘क ‘ वर्गको सदस्यमा यादव निर्विरोध निर्वाचित
© 2025 Rajdhani Janakpur | All Right Reserved | Privacy Policy
Powered by: ProTech