मटिहानीमा महालक्ष्मी बैंकको राहत विप्याकेज

जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिका–६, जरलहवा टोलमा आगलागी प्रभावितहरूलाई महालक्ष्मी बैंकले राहत वितरण गरेका छन् । आइतबार एक सय ५० घरपरिवारलाई पुग्ने राहत नगर प्रमुख हरि प्रसाद मण्डलमार्फत वितरण गरिएको हो ।
राहत प्याकेजमा आवश्यक खाद्य सामग्री र सरसफाइ सामग्रीहरू समावेश थिए । प्याकेजमा आटा (गहुँको पिठो) चामल, दाल, तेल, कपडा धुने साबुन लगायतको समाग्री वितरण गरिएको हो । प्रभावित परिवारहरूले यी राहत प्याकेजहरू प्राप्त गरेका छन्, जुन उनीहरूको दैनिक जीवनमा तत्कालका लागि राहत पु¥याएको छ । यस घटनाले समुदायमा एकता र सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै, विपत्तिको समयमा पनि सकारात्मक प्रभाव ल्याउन सक्ने भएको छ ।
यस वितरण कार्यमा महालक्ष्मी विकास बैंकको मधेस प्रदेश प्रमुख र जनकपुर शाखाका कर्मचारीहरू लगायत मधेश प्रदेश को अन्य शाखाका कर्मचारी सहभागी थिए । यस कार्यक्रममा मेयर, नगरपालिकाका कर्मचारी, इलाका प्रहरी कार्यालयका सदस्यहरू र अन्य सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।