मझौवाका अग्निपीडितलाई कांग्रेसको राहत

 

सिरहा । मिर्चैया नगरपालिका-८ मझौवाका अग्निपीडितलाई राहत सामग्री प्रदान गरिएको छ । नेपाली कांग्रेसले मझौवाका अग्निपीडितलाई राहत सामग्री प्रदान गरेको हो ।

मझौवामा गत बैशाख २४ गते भएको आगलागीबाट ६ घर जलेको थियो । आगलागीपछि अन्नपातसमेत जलेर नष्ट हुँदा उनीहरूको बिचल्ली भएको थियो ।

उनीहरूलाई आइतबार चामल, दाल, च्युरा, भुजा, सोयाविन, नुन, तेल, साबुन, आलु, कपडा, महिलालाई साडी, पुरुषलाई लुङ्गीलगायतका सामग्री प्रदान गरिएको छ । राहत पाएपछि पीडितहरूले कांग्रेस नेताहरूप्रति आभार प्रकट गरेका छन् ।

राहत वितरण कार्यक्रममा क्षेत्रीय सभापति सीताराम यादव, महासमिति सदस्य अरुण सिंह, प्रदेश सभापति धनेश्वर यादव, नगर सभापति रमेश न्यौपाने, जिल्ला सदस्य शिल साफी, वडा न ८ को सभापति रामबिलास महतो, वडा अध्यक्ष बिरेश्वर यादवलगायत सहभागी थिए ।