जनमत पार्टीद्वारा चौधरीलाई राष्ट्रिय सचिवमा मनोनित

काठमाडौँ, ९ भदौ । जनमत पार्टीले पार्टीका दुई नेता नेतालाई राष्ट्रिय सचिव र जिल्ला इन्चार्जमा मनोनित गरेको छ ।

पार्टी केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलले आज एक विज्ञप्ति जारी
गर्दै नवलपरासीका बालगोविन्द चौधरीलाई राष्ट्रिय सचिव तथा मोरङका रामकुमार चौधरीलाई जिल्ला इञ्चार्जमा मनोनित गरेका हुन् ।

आज भएको केन्द्रीय सचिवालय समिति बैठकको निर्णयअनुसार आजकै मितिदेखि लागू हुने गरी उनीहरूलाई मनोनित गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बालगोविन्द चौधरी गएको राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट जनमत पार्टीको उम्मेदवारसमेत रहेको थियो ।