देशमै पहिलोपल्ट मिर्चैया नगरपालिकाबाटै राहदानी

 

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेको छ ।

नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेको हो । नगरप्रमुख श्रवणकुमार यादवले आज पहिलो दिन मिर्चैया नगरपालिका ६ की सर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको सुरुवात गरे ।

यससँगै अब राहदानीकै लागि जिल्ला सदरमुकाम सिरहा जानुपर्ने सर्वसाधारणको बाध्यताको अन्त्य भएको छ । राहदानीका लागि बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम नगरपालिकाबाटै हुनेछ ।

सदरमुकाम नै जानुपर्ने बाध्यता हटाउन अन्य सेवाहरु पनि नगरपालिकामै ल्याउने प्रयत्न गरिरहेको नगरप्रमुख यादवले बताए ।